
बीरगञ्ज । तराई रनवे ग्रान्ड फिनाले सिजन २ एक कार्यक्रम बिच स्थानीय होटल साह दरबारमा सम्पन्न भएका छन् । सो तराई फैशन रनवे ग्रान्ड फिनाले सिजन २ जेठ १२ गते देखि अडिसन सरु भएको थियो । जसमा ४५ जनाले सहभागी जनाएको आयोजकले जनाएको हो । उक्त कार्यक्रम प्रमुख अतिथि माननीय प्रदेश सभा सदस्य श्याम पटलेले कार्यक्रमलाई उदघाटन गर्दै भनु भयो । युवा युवतीहरुको प्रतिभालाई यस अडिसनले एकदमै आफुलाई निखार्ने उत्प्रेरित समेत दिने पटेलले बताएका छन् । अर्मान सहनीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेस प्रदेश सदस्य अशोक श्रीवास्तव प्रेस सेन्टर नेपाल पर्सा शाखा अध्यक्ष दिपक गौतम प्रेस सेन्टर नेपाल मधेस प्रदेश सचिव मुनेस लायो मगर बीरगञ्ज सन्देश दैनिक उमेश श्रेष्ठ कपडा बैंक अध्यक्ष लाल बाबु सिंह मार्टिन मोक्तान बैकुण्ठ श्रीवास्तव लगायतका उपस्थिति रहेको थियो । भने निर्णयक मण्डलीमा अन्वेश श्रेष्ठ, सोनल लामा सुजन वर्दैव लगायत उपस्थिती रहेको थियो । भने लामो प्रयास पछि निर्णयक मण्डलीले बिजेता वूईनरहरुको छनोट गर्न हम्मे समेत भएका थिए । फस्टरनफ आराध्या श्रीवास्तव वीर एलेक्स मोक्तान आयूष क्षेत्री वीनर बनेका थिए भने क्रार्यक्रमको सहजिकरण सुर्य बिकले गरेका थिए ।



