डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

डोल्पाबाट बिरामी ल्याएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्ग नगरवालिका १३, रामघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रनवीर विश्वकर्माले हेलिकप्टर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताए । यद्यपि हेलिकप्टर भने त्यही छ । राजधानी वीरेन्द्रनगरबाट रामघाट पूर्वमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *