
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थीक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् । उनले सामूहीक अनुदानमा सरकार अलिक उदार नै हुने बताए । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जाने अनुदान हो यो । त्यसकारण ठीक छ’, प्रधानमन्त्री आलीले भने । तर व्यक्तिगत अनुदान भने रोक्नुपर्ने उनले बताए । ‘गाई पाल्न एक करोड, बङगुर पाल्न एक करोड, भैंसी पाल्न एक करोड फलानालाई अनुदान’, खासगरी कृषि मन्त्रालयमा यस्तो खुब अनुदान हुने भन्दै प्रधानमन्त्री ओलीले भने’, ‘यस्ता कुरा रोक्नुपर्छ , सित्तै पैसा दियो भने त्यसले मान्छेलाई बिगार्ने उनको विश्र्लेषण छ । वप्रधानमन्त्री ओलीले सचिवहरुसँग भने, प्रोत्साहित गर्ने हो, बरु सस्तो ब्याजमा दिऔं । यसरी दिएको ऋण पनि सदुपयोग भएको छ कि छैन अनुगमन गर्न समेत निर्देशन दिए ।



