अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिकाको टेक्ससमा आईतबार एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्ससको वेको सिटी नजिकै हाइवे ३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । रुकमको बाँकेकोट घर भएका वलीको लुटेराहरुको समूहले हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराका संलग्न थिए । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीको उधृत गर्दै सञ्चार माद्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *