

मधेश प्रदेशको एक मात्र पुरानो अस्पतालको रुपमा परिचित रहेको नारायणी अस्पतालले दिने सेवा एमएरआइ मेसिन दुई महिना देखि थन्किएको अवस्थामा छ। भने अर्को तिर करोडौंको र्खचमा निमार्ण गरिएको नयाँ भवनमा समेत पानी जमेको कारण सेवा प्रवाह गर्ने ठाँउमा कर्मचारी र सेवा लिन आउने सेवाग्राहीलाई समेत समस्या भएको छ। गरिव तथा विपन्र वर्गका लागि सस्तो र सुलभमा सेवा प्रवाह दिने उदेश्यले खोलिएको एमआरआइ मेसिन अहिले आफैं उपचारको खोजिमा रहेको छ। जनतालाई सस्तो सेवा दिने भन्दा पनि कसरी कमिसन धेरै लिन सकिन्छ भन्रे उदेश्यले सरकारी अस्पतालको सामाग्रही समयमा निर्माण नगर्ने परिपाटीका कारण जनताहरु महगो शुल्क तिरेर उपचार गर्न बाध्यता छन्।



